भदौ २२, काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपराह्न ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी छन् ।
कांग्रेसको आजको बैठकमा बजेट, एमसीसी परियोजनालगायत विषयलाई संसद्मा कसरी अघि बढाउने भन्नेबारेमा छलफल हुने स्रोतले बतायो ।