अविरल वर्षाका कारण विभिन्न सहरहरु डुबानमा !

 कोरखबर   २१ भदौ, २०७८



भदौ २१, काठमाडौं । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न सहरहरू डुबानमा परेका छन्। काठमाडौं, बनेपालगायतका सहरहरू डुबानमा परेका हुन्।

काठमाडौंको शङ्खमूल, बल्खुको तरकारी बजारलगायतका स्थान डुबानमा परेका छन्। यहाँका बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोलगायतका नदी तथा खोलामा बाढी आएको हो। बाढीका कारण किनारमा रहेका बासिन्दा प्रभावित भएका छन्।

काठमाडौंका ३८२ घर डुबानमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। त्यस्तै १३८ जनाको उद्धार गरिएको छ। बाग्मतीको किनारमा रहेका सुकम्बासी बस्ती विशेषगरी डुबानमा परेको हो।

यसैगरी काभ्रेको बनेपा बजार जलमग्न बनेको छ। बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको बताइएको छ। मुख्य बजार नै डुबानमा पर्दा त्यस बाटो भएर गुड्ने सवारी साधन रोकिएका छन्।

अरनिको राजमार्ग र बीपी राजमार्ग हुँदै लामो दुरीमा चल्ने सवारी साधानसमेत रोकिएका छन्। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post