उदयपुरमा चट्याङ्ग लागेर किशोरको मृत्यु

    १७ भदौ, २०७८



भदौ १७, उदयपुर । निरन्तर वर्षासँगै परेको चट्याङ्गबाट त्रियुगा नगरपालिका–८ देउरीमा गए राति १५ वर्षीय निशान चौधरीको मृत्यु भएको छ ।

घरमा नै चट्याङ्ग लागेर गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post