पहिरोले दोलखा सिँगटीमा ९ घरमा क्षति !

 कोरखबर   १७ भदौ, २०७८



भदौ १७, दोलखा । जिल्लाको बिगु गाउँपालिका–४ सिँगटीमा बुधबार राति पहिरोसँगै आएको बाढीले ९ घरमा क्षति पुगेको छ । माथिबाट खसेको पहिरोले सिँगटीको खोलेखिम बजारमा क्षति पुर्‍याएको गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीले बताए ।

उनका अनुसार पहिरोसँगै आएको लेदो बजारका धेरै घरमा पसेको छ । ‘तत्कालका लागि ९ परिवार विस्थापित बनेका छन्,’ उनले भने, ‘अन्य २० घर जोखिममा छन्, उनीहरूलाई पनि सुरक्षित स्थानमा सर्न भनेका छौं ।’

पहिरो निरन्तर झर्न थालेपछि स्थानीयले राति नै घर छाडेको उनले बताए । ‘बाढी र लेदोले ९ घर बस्नै नहुने गरी पुरिएका छन्,’ उनले भने, ‘विस्थापितहरू तत्कालका लागि आफन्तकोमा बसेका छन् । उद्धारको काम भइरहेको छ ।’

पहिरो झरेपछि लादुक, बुलुङ जाने मुख्य सडक पनि अवरुद्ध बनेको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post