भदौ २० गतेबाट खुल्ने भयो लाइसेन्सको ट्रायल !

 कोरखबर   १४ भदौ, २०७८



भदौ १४, काठमाडौँ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि भदौ २० गतेबाट ट्रायल खुल्ने भएको छ ।  लिखित परीक्षा लिएर ट्रायल दिन बाँकी सेवाग्राहीका लागि ट्रायल सञ्‍चालन गर्न लागेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

गत भदौ १० मा कोभिड–१९ संक्रकणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र सम्बन्धी मापदण्ड जारी गरेपछि ट्रायल खुलाउन लागेको उनले बताए । 

उनले भने, 'तत्काल लिखित दिएर बसेका वा ट्रायल फेल भएर रिट्रायलका लागि बस्नुभएकाहरूका लागि ट्रायल खुलाउँदैछौँ ।' नयाँ आवेदन खुलाउनेबारेमा भने टुंगो नलागेको घिमिरेको भनाइ छ ।

नयाँ मापदण्डअनुसार परीक्षार्थीहरूले परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि परीक्षार्थी स्वयमले अनिवार्य रुपमा मास्क, स्यानिटाईजर र आफ्नो पीउने पानीको व्यवस्था गर्नुपर्नेछ । परीक्षा सुरु हुनु १५ मिनेट अगाडि मात्र परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने उल्लेख छ ।

परीक्षार्थीहरुले परीक्षा केन्द्रमा प्रवेश गर्दा, निस्किदा शौचालय प्रयोग गर्दा भिडभाड नगरी भौतिक (सामाजिक) दूरी कायम गर्नुपर्नेछ । परीक्षामा खटिएका कर्मचारीले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्ने उल्लेख छ । परीक्षार्थीहरू परीक्षा केन्द्रमा समुह बनाई भेला नहुने भनिएको छ ।

परिक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा संचालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराईनेछ ।

यसरी परीक्षा सञ्‍चालन गर्दा एक सिफ्टमा बढिमा ५० जना परिक्षार्थीलाई मात्र सहभागी गराईनेछ यसरी परीक्षा दिने परिक्षार्थीको परीक्षा सम्पन्न नभएसम्म अन्य परीक्षार्थी र अनाधिकृत व्यक्तिहरूलाई परीक्षास्थलमा प्रवेश निषेध गरिनेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post