भदौ १४, धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं ५ बञ्चरेमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।
रुख ढलेर छिनेको तार बनाउने क्रममा स्याङ्जाका २७ वर्षीय विमल परियार र पोखरा महानगरपालिकाका २४ वर्षीय उमाकान्त बराललाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
उनीहरुको शव गजुरी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।