भदौ १४, काठमाडौं । वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ ।
सडक विभागका अनुसार सोमबार बिहान साढे ९ बजेसम्म १३ स्थानमा राजमार्ग तथा सडक अवरुद्ध छ । यस्तै, ११८ स्थानमा सडक एकतर्फी सञ्चालनमा छ ।
विभागका अनुसार मनाङमा मात्रै चार स्थानमा सडक अवरुद्ध छ । सिन्धुपाल्चोकमा तीन, लमजुङमा दुई, रसुवा, नुवाकोट, जुम्ला र पाल्पामा एकरएक स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।