प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर !

 कोरखबर   १३ भदौ, २०७८



भदौ १३, काठमाडौं । प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले दुई जना मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । 

अर्थमन्त्री विजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाइएको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहलाई अर्थ मन्त्रालयमा पठाइएको छ । 

मुख्यमन्त्री राउतका स्वकीय सचिव जितेन्द्रप्रसाद यादवले मुख्यमन्त्रीले आफ्नो तजबिजी अधिकार प्रयोग गरेर दुई जना मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेको बताएका छन् ।  दुवै मन्त्रीहरू जसपाका हुन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post