ढुंगा खसेर लाग्दा घाईते भएका एक जनाको मृत्यु

 कोरखबर   १३ भदौ, २०७८



भदौ १३, काभ्रे । बीपी राजमार्गअन्तर्गत कटुन्जेमा ढुंगा खसेर लाग्दा घाइते एक जनाको मृत्यु भएको छ । जनकपुरबाट ज ८ प ७४९० नम्बरको मोटरसाइकलमा आउँदै गरेका महोत्तरी, रामगोपालपुरका २८ वर्षीय सरोजकुमार साह माथिबाट खसेको ढुंगा लागेर घाइते भएका थिए ।

उपचारका लागि धुलिखेल अस्पताल ल्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए ।

मोटरसाइकलमै सवार धनुषा रामानन्द चोकका ३० वर्षीय सतीशकुमार साहको पेट र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post