रामेछापमा ठाउँठाउँमा पहिरो, मन्थली–खिम्ती सडक अवरुद्ध

 कोरखबर   १३ भदौ, २०७८



भदौ १३, रामेछाप । रामेछापको सदरमुकाम मन्थली जोड्ने पुष्पलाल मार्ग अन्र्तगतको खिम्ती–मन्थली सडक खण्ड पहिरोले अवरुद्ध भएको छ ।

आइतबार बिहानै लिखु–तामाकोसी गाउँपालिका–७ को तिल्पुङ खोलानजिकै पहिरो झर्दा सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर सडक खुलाउन डिभिजन सडक कार्यालय खुर्कोटमा खबर गरिएपनि काम सुरु हुन सकेको छैन् ।

यसै गरी खुर्कोट–मन्थली सडक खण्डमा पर्ने कुनाउरीमा लगातार पहिरो झरिरहेको छ । दुई दिनयता उक्त स्थानमा सडक डिभिजन र मन्थली नगरपालिकाले पहिरो पन्छाउँदै यातायात सञ्चालन गराउँदै आएका छन् । अविरल वर्षाले मन्थली–रामेछाप सडक खण्डका ठाउँठाउँमा पहिरो झरेपछि यातायात अवरुद्ध बनेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post