सिन्धुलीमा पहिरोले तीन घर पुर्‍यो, दर्जनौं घर जोखिममा

 कोरखबर   ११ भदौ, २०७८



भदौ ११, सिन्धुली । अविरल वर्षाका कारण खसेको पहिरोले सिन्धुलीको कमलामाई नगरपालिका–११ फिटिङमा तीन घर पुरेको छ । सँगै जोडिएका अन्य ९ घर उच्च जोखिममा परेका छन् । बिहानपख पहिरो आएका कारण मानवीय क्षति भने हुन पाएन ।

सुतिरहेको समयमा पहिरो खसेको जस्तो लागेर थाहा पाएपछि सबैजना भागेको पीडित भिममाया वाइवाले बताइन् । घरमा भएका सबै सामान पहिरोमा परेको उनले बताइन् । आफूकोमा ओत लाग्ने त्रिपालसमेत नभएको उनको गुनासो छ ।

कमलामाइकै वडा–७ एकपाखेमा पहिरोले दुई घर जोखिममा परेका छन् । सिन्धुलीमाडी–चकमके सडकसमेत बगाउने गरी खसेको पहिरो घर नजिक पुगेको छ । वडा–४ को चिसापानी झोरामा समेत पहिरो खस्दा ४ घर जोखिममा परेका छन् ।

सदरमुकाम बसपार्क नजिक ग्वाङ खोलाको कटानबाट पहिरो गएको एक फ्रेस हाउस जोखिममा परेको छ । अविरल वर्षापछि कमला, मरिण र चँदाहा खोलामा आएको बाढीले धान खेत कटान गरेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post