यि हुन पहिरोको कारण अवरुद्ध भएका सात जिल्लामा सडक !

 कोरखबर   ११ भदौ, २०७८



भदौ ११, काठमाडौं । पहिरोको कारण विभिन्न सात जिल्लामा सडक अवरुद्ध भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोलास्थित हेटौँडा–भीमफेदी–काठमाडौं सडकखण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका–९, थुम्सीस्थित पूर्व–पश्चिम राजमार्गमा रहेको डाइभर्सनमा रुखहरूसहितको पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै, गैँडाकोट नगरपालिका–१० सशस्त्र वेस क्याम्पनजिकै रहेको डाइभर्सन र सोही गैँडाकोट–११, भेडाबारीमा रहेको डाइभर्सनमा समेत वर्षात्को कारण पानी ‘ओभर फ्लो’ भई पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ ।

यसैगरी, विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार राति पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–१०, लन्डनब्रिजस्थित पूर्व–पश्चिम राजमार्गमा कल्भर्ट भासिँदा सडक अवरुद्ध भएको छ ।

डोटीको जोरायल गाउँपालिका–१, गोल्डेन भन्ने स्थानमा पहिरो जाँदा धनगढी–डडेलधुरा सडकअन्तर्गत भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

कैलालीको चुरे गाउँपालिका–५, खानीडाडाँस्थित भीमदत्त राजमार्गमा अविरल वर्षाको कारण पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका–६, बुधबारेस्थित मध्यपहाडी राजमार्गमा लेदोसहितको पहिरो खस्दा  सडक अवरुद्ध भएको छ ।

यस्तै, सुनकोसी गाउँपालिका–२, कमेरेफाडस्थित बीपी राजमार्ग र कमलामाई नगरपालिका–८, करकरे र बाघमारामा समेत पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

तनहुँको भानु नगरपालिका–१, अधेरीखोलास्थित डुम्रे–बेसीसहर सडकमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post