गैंडाकोटमा बाढीले डाइभर्सन बगायो, महेन्द्र राजमार्ग अवरुद्ध !

 कोरखबर   ११ भदौ, २०७८



भदौ ११, पूर्वी नवलपरासी — बाढीले महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सी जंगलमा बनाइएको डाइभर्सन बगाउँदा बिहीबार रातिदेखि यातायात अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार थुम्सीको २३ स्मृति पुलको डाइभर्सन बिहीबार राति ८ बजे बगाएको हो । सडक थुनिएपछि पूर्व–पश्चिमतर्फ लागेका सयौं गाडी कावासोती, गैंडाकोट र चितवनमा रोकिएका छन् । लगातारको झरीका कारण आएको बाढीले डाइभर्सन बगाएको हो ।

प्रहरीले भत्किएको डाइभर्सन शुक्रबार साँझसम्म निर्माण हुन सक्ने जनाएको छ । महेन्द्र राजमार्ग फराकिलो पार्ने क्रममा थुम्सीको डाइभर्सन बनाइएको थियो ।

त्यस्तै महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दुम्किवास खण्डको दाउन्ने पहाडमा ठाउँठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार दाउन्नेको घ्युखोलादेखि ठाउँठाउँमा पहिरो गएको हो । लगातारको झरीका कारण पहिरो हटाउन सकिएको छैन । महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका पहिरोकै कारण गाडी बर्दघाट र गैंडाकोटमा रोकिएको प्रहरीले जनायो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post