बर्षाले देवदहमा पुल भासियो, बस्ती डुबानमा !

 कोरखबर   ११ भदौ, २०७८



भदौ ११, तिलोत्तमा । लगातारको वर्षासँगै आएको बाढीले रुपन्देहीमा पुल भासिनुका साथै बस्ती डुबानमा परेका छन् । महेन्द्र राजमार्गअन्तर्गत रूपन्देहीको देवदह–७ शीतलनगरस्थित घोडाहा खोलाको पक्की पुल शुक्रबार बिहान भासिएको हो ।

पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न सकेका छैनन् । वैकल्पिक व्यवस्था नभएसम्म यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको देवदह प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक गंगाबहादुर सारूले बताए । प्रहरीले भासिएको पुलबाट सवारीसाधन आवागमनमा रोक लगाएको छ ।

निरन्तर पानी परिरहेपछि जिल्लाका तिलोत्तमा, रुद्रपुर, मर्चवार, धकधई, मर्चवारलगायत स्थानमा घर डुबानमा पर्ने र सडकमा पानी भरिए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए । उनले आफूहरू तयारी अवस्थामा रहेको भन्दै घरघरमा पानी पसेको जानकारी आइरहेकाले सतर्कता अपनाउन जरुरी रहेको जनाए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post