मुख्यमन्त्रीबाट शेरधन राईको राजीनामा !

 कोरखबर   १० भदौ, २०७८



भदौ १०, काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् ।प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष राईले राजीनामा बुझाएका हुन् ।

राईले राजीनामा दिएसँगै आजै संसदीय दलको नेता चयन भएका भीम आचार्य मुख्यमन्त्री बन्दैछन् । आचार्य आजै शेरधन राईको प्रस्तावमा सर्वसम्मत दलका नेता चयन भएका हुन् । 

आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका बहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले लचकता देखाएका हुन् ।

२०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ काविरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post