सिन्धुपाल्चोकमा बस दुर्घटना, ३ जनाको मृत्यु, २६ जना घाइते

 कोरखबर   ९ भदौ, २०७८



भदौ ९, काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रीवाहक बस दुर्घटना भएको छ ।

सुनकोसी गाउँपालिकाको ठोकर्पा भन्ने ठाउँबाट काठमाडौंको लागि छुटेको बा३ख ८०३० नम्बरको बस सुनकोसी–३, थापागाउँ भन्ने स्थानमा बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षबहादुर बस्नेतले जानकारी दिए ।

दुर्घटनामा ३ जनाको मृत्यु भएको र २४ जना घाईते भएको बताईएको छ । घाइतेमध्ये १५ जनालाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याइएको छ । बाँकी नौजनालाई सिन्धुपाल्चोककै खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा पठाइएको उनले बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post