९ भदौ, काठमाडौं । कांग्रेस जिल्ला सभापतिहरुले आजबाट केन्द्रीय कार्यालय सानेपामा रिले अनसन थाल्ने भएका छन्। कांग्रेस क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै उनीहरुले आजबाट रिले अनसन थाल्ने भएका हुन्।
तीन बुँदे माग राख्दै देउवाइतरका जिल्ला सभापतिहरुले मंगलवार सानेपामा धर्ना दिएका थिए। धर्नाबाट २४ घण्टे अल्टिमेटम दिएपनि माग सुनुवाई नभएपछि आजबाट रिले अनसन थाल्न लागेको सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाले जानकारी दिए।
प्रत्येक दिन ३ जिल्लाका सभापतिहरु अनसनमा बस्ने तयारी गरेको उनले बताए।