डोरमणिले छाडे सरकारी निवास, फर्किए निजी निवासमा

 कोरखबर   ४ भदौ, २०७८



४ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी निवास छाडेका छन् । बिहीबार मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा  फर्किएका हुन् । 

पौडेलले बागमती प्रदेशको मुख्यमन्त्रीको रूपमा ४२ महिना सरकार चलाएका थिए । पौडेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

पौडेलको राजीनामासँगै प्रदेशसभाको ठूलो दल नेकपा एमाले संसदीय दलका नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएकी छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post