रेल्वे कम्पनीको महाप्रबन्धकमा माधव नेपाल निकट निरञ्‍जन झा नियुक्त

 कोरखबर   ४ भदौ, २०७८



भदौ ४, काठमाडौँ । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्‍जन झालाई नियुक्त गर्ने निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सिफारिसमा झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सप्तरीको राजविराज नगरपालिका-१ निवासी एमालेका जिल्लास्तरका नेता झा त्रिविबाट अर्थशास्त्रमा स्‍नातकोत्तर हुन् । उनी युवा संघका उपाध्यक्ष पनि हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post