लगातारको अवरोध पछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित !

 कोरखबर   ३ भदौ, २०७८



भदौ ३,बुटवल । नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि बिहीबार बोलाइएको लुम्बिनी प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ।

दुईदिन सम्म नेकपा एमालेको अवरोधका कारण स्थगित हुँदै आएको लुम्बिनी प्रदेशसभा बैठक आज पनि अवरोध गर्ने भएपछि भदौ ७ गतेसम्म स्थगित गरिएको छ।

भदौ १ गतेदेखि शुरु भएको नवौं अधिवेशन एमालेको बिरोधका कारण निरन्तर स्थगित हुँदै आएको छ।

नेकपा एमालेको सूर्य चुनाव चिन्ह लिएर निर्वाचन जितेका नवलपरासीका अजय शाही र दाङकी विमला खत्री ओलीलाई सांसदबाट पदमुक्त गर्न भन्दै सभामुख पुर्णबहादुर घर्तिलाई पत्राचार गरिसकेको छ। तर प्रदेशसभाले उनीहरुलाई पदमुक्त गरेको जानकारी नगराएसम्म प्रदेशसभा अवरुद्ध गर्ने चेतावनी दिँदै आएको छ।

सोही कारण आजको प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि तय भएको थियो। तर प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनले बिहिबार बिहान सूचना प्रकाशित गर्दै विशेष कारणले भदौ ७ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी गराएका हुन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post