भदौ ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतावित नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक र प्रशासनिक विषयवस्तुमाथि छलफल हुने बताइएको छ।