दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा ५ वटा रिट

 कोरखबर   ३ भदौ, २०७८



भाद्र ३, काठमाडौँ । राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट निवेदन पेस भएका छन्  ।

सरकारले हालै जारी गरेको राजनीतिक दल सम्बन्धी ऐन,२०७३ लाई तत्काल संशोधन गर्न बनेको अध्यादेशविरुद्ध बिहीबार बिहानसम्म ५ वटा रिट निवेदन पेस भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

अध्यादेशविरुद्ध पेस भएका रिट निवेदन एकै पटक दर्ता गर्ने तयारी छ ।

प्रधानमन्त्री शेरबहादुरको देउवाको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन् । अध्यादेशमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदले दल फुटाउन सक्‍ने व्यवस्था गरिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post