रसुवामा पहिरोमा पुरिएका चार मध्ये दुई जनाको शव भेटियो

 कोरखबर   ३ भदौ, २०७८



३ भदौ ​, रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाँडामा पहिरोमा परि बेपत्ता भएका चार मध्ये दुई जनाको शव भेटिएको छ । ३६ वर्षीय श्यामबहादुर गलान तामाङको वर्ष ३२ कि कमला गलान र उनकी कान्छी छोरी वर्ष ८ कि सुकुमाया गलानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले जानकारी दिए । बेपत्ता भएका वर्ष ११ कि सोकिता गलान र वर्ष ७ का आशिष गलानको खोजिकार्य भइरहेको उनले बताए । 

गम्भीर घाइते अवस्थामा उद्धार गरि नुवाकोट पठाइएका ३६ वर्षीय श्यामबहादुर गलान तामाङलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।  एक तले जस्ताले छाएको घरमाथि सडकको डिल भासिदा  तामाङको घर पुरिएको थियो ।  घटनास्थलमा स्थानीय, सेना  र प्रहरी उद्धारमा खटिएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post