अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउन डोरमणिले राजीनामा दिँदै !

 कोरखबर   २ भदौ, २०७८



भाद्र २, काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिने भएका छन् ।

प्रदेशसभाको एमालेका प्रमुख सचेतक दीपक निरौलाले मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद्को बैठकपछि पदबाट राजीनामा दिने बताए ।

पौडेलको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठक सकिएपछि उहाँले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउनु हुनेछ,' निरौलाले भने । यसअघि एमाले संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।

प्रदेशसभा सचिवालयमा बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेलले नै शाक्यलाई संसदीय दलको नेता बनाउनका प्रस्ताव गरेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई राजीनामा दिएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउनका निर्देशन दिएका थिए । त्यसैअनुसार बुधबार आकस्मिक रुपमा एमाले संसदीय दलको बैठक बसेको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post