भदौ १, रुपन्देही । लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन मंगलबारदेखि सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेले बैठकमा अवरोध गरेको थियो ।
सांसद अजय बहादुर शाही र विमला वलीको बिषयमा निर्णय लिन दवाव दिँदै एमालेले बैठकमा अवरोध गरेको हो । दिउँसो १ बजेको लागि डाकिएको बैठक विवादका कारण साढे दुई शुरु भएको थियो । आजको बैठकमा सभामुख पुर्ण बहादुर घर्तीले प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाउँदै भोलि १ बजेसम्म स्थगित गरेका थिए ।
सभामुखले बैठकको कारवाही अगाडी बढाउँदै गर्दा एमालेका सांसदहरुले अवरोध गरिरहेका थिए । आज बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सम्वोधन गर्नेदेखि विभिन्न विधेयक पेश गर्ने कार्यसूची रहेको थियो ।