प्रदेश २ का प्रदेश प्रमुख झा पदमुक्त

 कोरखबर   १ भदौ, २०७८



भदौ १,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ का प्रमुख राजेश झा ९अहिराज० लाई पदमुक्त गरेकी छिन् ।

मन्त्रिपरिषद्को साउन ३२ गतेको निर्णयअनुसार राष्ट्रपतिले संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम झालाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post