पुर्नबहालीको माग गर्दै शाक्यद्वारा सर्वोच्चमा निवेदन, गैरकानुनी ढङ्गले हटाइएको भनाई

 कोरखबर   ३२ सावन, २०७८



साउन ३२, काठमाण्डौ । आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा निवेदन दायर गर्नुभएको छ । 

आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि अहिले कुनै कारणविना गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले पुनर्बहालीको माग गरेर सर्वोच्चमा निवेदन दर्ता गराउनुभएको हो । 

उहाँको निवेदनको सुनुवाइ पर्सि बुधवारका लागि तोकिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले उज्यालोलाई जानकारी दिनुभयो ।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post