लुम्बिनी प्रदेश : एमाले सांसदबाट राजीनामा दिएका डाँगी मुख्यमन्त्रीको सल्लाहकार

 कोरखबर   २९ सावन, २०७८



साउन २९,बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा अम्मर बहादुर डाँगीलाई नियुक्त गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथग्रहण लगत्तै बिहिबार साझ बसेको मन्त्रिपरिषद बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सहायक राज्यमन्त्री स्तरको सेवा सुबिधा पाउने गरि डाँगीलाई मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरेको जानकारी दिए।

नेकपा एमालेका तत्कालिन सांसद डाँगीले गत वैशाख २२ गते पदबाट राजीनामा दिएका थिए। डाँगीको राजीनामा पछि यसअघिका मुख्यमन्त्री शंकर पोखरेलको अल्पमतमा पर्दै गएका थिए।

दाङ क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्य निर्वाचित डाँगी घोराही उपमहानगरपालिकाका पुर्व मेयर समेत भइसकेका हुन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post