लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसी नियुक्त

 कोरखबर   २८ सावन, २०७८



साउन २८, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरे।

नवनियुक्त मुख्यमन्त्रीको आजै ४ बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम तय भइसकेको छ। प्रदेश प्रमुखको कार्यालयका उपसचिव चिरञ्जीवि पौडेलले ४ बजे सपथ ग्रहणको कार्यक्रम तय भएको बताए।

प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएर सरकारका लागि दाबी गर्न आह्वान गरेका थिए।

सोही अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको थियो।

गठबन्धनले मुख्यमन्त्रीमा प्रस्ताव गरेका केसी रोल्पा १ (क) बाट निर्वाचित सांसद हुन्। गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post