महाधिवेशन सार्नेबारे देउवा आफूनिकट नेताहरूसँग छलफलमा

 कोरखबर   २७ सावन, २०७८



साउन २७, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन सार्नेबारे आफूनिकट नेताहरूसँग छलफल थालेका छन् ।

बूढानीलकण्ठमा शुरू भएको छलफलमा देउवानिकट पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी छन् । बैठकमा देउवाले भदौ १६ मा महाधिवेशन उद्घाटन हुने अवस्था नरहेकाले विकल्पबारे सुझाव दिन आग्रह गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २३ भित्रै महाधिवेशन गर्नुपर्ने माग राखेको बेला देउवाले आफ्नो समूहको रणनीति बनाउन छलफल थालेका हुन् ।

आजै क्रियाशील सदस्यता विवाद टुंगो लगाउन जिम्मेवारी पाएका शीर्ष नेताहरूको बैठक पनि बस्दैछ । कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बस्नेछ । बैठकबाट महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने संस्थापन पक्षको तयारी छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post