राजिनामा दिने मनस्थितिमा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल !

 कोरखबर   २७ सावन, २०७८



साउन २७, काठमाडौं । अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने मनस्थिति बनाएका छन् । आज दिउसो १ बजे बस्न लागेको संसद् बैठकमा पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा छलफल हुँदैछ ।

अल्पमतमा रहेका पोखरेलले राजीनामा दिने की फेस गरेर जाने भन्ने विषयमा छलफल गर्न अहिले संसदीय दलको बैठक बोलाएका छन् ।

पोखरेलको पक्षमा जम्मा ३८ सांसद छन् । विपक्षी गठबन्धनसँग ४२ सांसद छन् । यस्तो अंकगणितका बीच अविश्वासको प्रस्ताव अगाडि नै राजीनामा दिंदा राम्रो हुने सुझाव पोखरेललाई आइरहेको बुझिएको छ । यसैले उनले राजीनामाको मनस्थिति बनाएका हुन् ।

बिहानै मन्त्रिपरिषद् बैठकपछि पोखरेलले संसदीय दलको बैठक बोलाएका हुन् । अहिले बैठक जारी छ । जसपाका सांसद सन्तोष पाण्डेले राजीनामा दिएपछि पोखरेल झन् तनावमा परेका थिए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post