संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमलाई ओलीले दिए ‘सडकमा बाँडेको कागज’को संज्ञा

 कोरखबर   २६ सावन, २०७८



साउन २६, काठमाडौं । संयुक्त सरकारको साझा न्यूनत कार्यक्रमलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडकमा बाँडेको कागजको संज्ञा दिनुभएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले सडकमा बाँडेको कागजको संज्ञा दिनुभएको हो । पटक–पटक नाम सडकमा बाँडेको कागज भन्दै सम्बोधन गर्नुभएका उहाँले देशमा लगानी बढाउन शान्ति र सुव्यवस्था कायम हुनुपर्ने बताउनुभयो ।

‘सरकारका नेताहरू आफैँ प्रतिपक्षीलाई धम्क्याउन थालिसकेका छन्,’ उहाँदले भन्नुभयो, ‘शान्ति सुव्यवस्था कायम भएन भने आन्तरिक लगानी हुन्छ न त वैदेशिक लगानी नै आउँछ, सरकारले यस विषयमा ध्यान देओस् ।’



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post