राष्ट्रिय सभाको बैठक बस्दै, के–के छन् कार्यसुचि ?

 कोरखबर   २६ सावन, २०७८



साउन २६, काठमाडौं । राष्ट्रिय सभाको बैठक आजका लागि बोलाइएको छ। संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन र प्रत्यायन (एक्रिडिटेशन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुहुनेछ।

यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारक विधेयक २०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ छलफलका लागि पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवाले नै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको स्टान्डर्ड नाप र तौल पाँचौँ संशोधन विधेयक २०७६ छलफल र पारितका लागि पेश गर्ने कार्यसूची छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post