लुम्बिनीको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

 कोरखबर   २५ सावन, २०७८



साउन २५, काठमाण्डौ । लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गर्दै सत्तारुढ दल नेकपा एमाले संसदीय दलको तर्फबाट सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

एमाले प्रदेश अध्यक्ष लीला गिरीले रिट दर्ता गराउनुभएको र त्यसको पेसी भोलिका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको दाबीसहित अविश्वासको प्रस्ताव दर्ता गरेर विशेष अधिवेशन माग गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले आउँदो बुधवारका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको छ ।

तर सरकारसँगको छलफल र सहमतिविना संविधान विपरीत विशेष अधिवेशन आह्वान भएको भन्दै सत्तारुढ एमाले संसदीय दलले विशेष अधिवेशन रोक्न माग गरेको छ । 

हिजो आइतवार अधिवक्ता गणेश घिमिरेले विशेष अधिवेशन रोक्न माग गर्दै दिएको निवेदन सर्वोच्च अदालतले हकदैया नपुगेको भन्दै दरपिठ गरेको थियो ।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post