तनहुँमा यात्रुवाहक बस दुर्घटना, चालकसहित ७ जना घाइते

 कोरखबर   २५ सावन, २०७८



साउन २५, काठमाडौं । तनहुँमा सोमवार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । 

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ब्यास नगरपालिका-५ स्थित कन्टार भन्ने स्थानमा पोखराबाट दमौलीतिर आउँदै गरेको  ग १ ख ४२१५ नम्बरको बस दुर्घटना भएको हो । 

दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् भने उनीहरूलाई उद्धारपछि अस्पताल पठाइएको छ ।

बस अनियन्त्रित भई पृथ्वी राजमार्गबाट करीब १२ फिट तल खस्न गई दुर्घटना भएको बताइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post