काँग्रेसको संस्थापन इतर पक्ष जिल्ला सभापतिहरूको बैठक बस्दै

 कोरखबर   २५ सावन, २०७८



साउन २५, काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर पक्षीय जिल्ला सभापतिहरूको बैठक बस्दै छ।

पार्टीको १४ औँ महाधिवेशनको सुनिश्चितता र सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दबाब सिर्जना गर्न बैठक बस्न लागेको काठमाडौँका जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए । आज अपराह्न १२ बजेपछि ठमेलको एक होटेलमा बैठक सुरु हुने छ।

नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीका अनुसार आजको बैठक करिब ४० जिल्ला सभापति सहभागी हुने छन् । १५ जना बढी अहिले नै बैठक स्थल पुगिसकेको केसीले बताए ।

संस्थापन इतर पक्षका काठमाडौँ उपत्यकामा उपलब्ध करिब २०/२२ जना जिल्ला सभापतिहरुबीच बेला बेला बैठक बस्दै आएको छ । उनीहरूले राष्ट्रिय र आन्तरिक पार्टी राजनीतिबारे साझा धारणा सार्वजनिक गर्दै आएका छन् । पार्टी महाधिवेशन अनिश्चित हुन थालेपछि यसपटक भने संस्थापन पक्षका अधिकांश जिल्ला सभापतिबीच छलफल हुँदैछ । 

केही दिनअघि मात्र जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने माग गरेका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post