देशका विभिन्न ठाउँमा चारजना मृत फेला !

 कोरखबर   २२ सावन, २०७८



श्रावण २२, काठमाडौं । काठमाडौं, झापा र दाङमा चारजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका–१० सिँम्चाफाट डेरा गरी बस्ने तनहुँ शुक्ला गण्डकी  नगरपालिका–१० छब्दीबराही  घर भएका १६ वर्षीय अजय पोखरेल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौं महानगरपालिका–५ मालिगाउँ डेरा गरी बस्ने सुनसरी ईटहरी नगरपालिका–५ घर भएका ५४ वर्षीय अमृत वहादुर दाहाल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । 

झापा, अर्जुनधारा नगरपालिका–९ प्रणामी टोल बस्ने ४८ वर्षीया देवी विश्वकर्मा सोही टोलस्थित मृत अवस्थामा फेला परेकी छन् । 

दाङ, घोराही उपमहानगरपालिका–६ बस्ने ५१ वर्षीय दल बहादुर महरा सोही उपमहानगरपलिका–३ स्थित रनवार जंगलमा मृत अवस्थामा फेला परेका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post