साउन २२, काठमाडौँ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
निवेदन आज शुक्रबार नै दर्ता भएको छ । सर्वोच्च अदालतले रिटमाथि छलफलका लागि साउन २५ गतेका लागि पेसी तोकेको जनाएको छ ।
‘रिट दायर भएको छ । पेसी पनि तोकिसकिएको छ,’ सर्वोच्च प्रशासनले भन्यो, ‘रिटमा कानुनी हिसाबले पनि संवैधानिक हिसाबले पनि आयोग विघटन गर्न नमिल्ने दाबी गरिएको छ ।’ गत मंगलबार मन्त्रिपरिषद् बैपठकले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो ।