श्रावण २०, काठमाडौं । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरूले पूर्वमन्त्री रामचन्द्र झाले आफूहरूमाथि दुव्यर्वहार गरेको आरोप लगाएका छन्। केही कार्यकर्तासहित मंगलबार कम्पनीको जनकपुरस्थित कार्यालयमा पुगेका झाले आफूहरूलाई अपशब्द बोली हातपात प्रयास गरेको कर्मचारीहरूको आरोप छ।
१२ जना कर्मचारीहरूले कम्पनीका कार्यालय प्रमुखलाई संयुक्त निवेदन दिँदै आफूहरूलाई दुर्व्यवहार गर्ने झासहित सबैमाथि कारबाही माग गरेका छन्। झाले ‘यहाँको कर्मचारी को हो ? कसरी जनकपुरमा रेल चलाउँदो रहेछ’ भनेर धम्क्याएको कर्मचारीहरूले पेश गरेको निवेदनमा उल्लेख छ।
यसैबीच, कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल चलाउन तयारी गरेको मन नपरेर तमासा गरिएको भन्दै यसको परिणाम गम्भीर हुने बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै भट्टराईले आफ्ना कर्मचारीलाई एक मुक्का हान्नेलाई १० मुक्काले जवाफ दिने ताकत आफूसँग रहेको चेतावनी दिएका छन्। उनले झालाई नेपाल ‘नव–आतंककारी’ को संज्ञा पनि दिएका छन्।
भट्टराईले फेसबुकमा लेखेका छन्, ‘माओवादी आतंक शुरू भइसक्यो। पूर्वमन्त्री तथा पूर्वमाओवादी सांसद रामचन्द्र झा ९नव(आतंककारी० ले रेल्वेमा आफ्नो पार्टीको मान्छे भर्ना नगरे रेल चल्न दिन्नँ, चलाए कुटपिट गर्छु भनेर धम्की दिएर हिँडे।’