गृहमन्त्री खाँण र प्रदेश २ का मुख्यमन्त्री राउतबिच भेटवार्ता

 कोरखबर   २० सावन, २०७८



साउन २० , काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबिच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा मंगलवार साँझ भएको भेटवार्तामा कोभिड-१९ नियन्त्रणका लागि संघीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको बताइएको छ।

भेटमा गृहमन्त्री खाँणले कोभिड-१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेशका जनतालाई खोप लगाउनका लागि उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गरेका थिए।

गृहमन्त्री खाँणले भेटमा संघीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई बलियो बनाउँदै देश र जनताको पक्षमा काम गर्ने बताएका थिए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post