ऊर्जामन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : कुलमानलाई प्राधिकरणमा ल्याउने प्रक्रिया सुरु गर्नुस्

 कोरखबर   १९ सावन, २०७८



साउन १९, काठमान्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएका छन्।

स्रोतका अनुसार ऊर्जामन्त्रीलाई बालुवाटारमै बोलाएर देउवाले यस्तो निर्देशन दिएका हुन्। सोसँगै ऊर्जामन्त्री भुसालले हालका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसँग राजीनामा माग गरिसकेकी छिन्। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post