४१ राजनीतिक दलको दर्ता खारेज

 कोरखबर   १९ सावन, २०७८



श्रावण १९, काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ४१ राजनीतिक दलहरुको दर्ता खारेज गरेको छ । मंगलबार बसेको आयोगको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ४१ दललाई बुधबारदेखि लागू हुने गरी दर्ता खारेज गरेको हो ।

यसका साथै खारेज भएका राजनीतिक दलहरुको नाम, झण्डा, चिह्न दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको छ । ४१ दलको दर्ता खारेज भएपछि आयोगमा ९५ दलको मात्र दर्ता कायम रहन गएको आयोगले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post