कायम मुकायम प्रधानसेनापतिमा शर्मा नियुक्त

 कोरखबर   १७ सावन, २०७८



श्रावण १७, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कायम मुकायम प्रधानसेनापतिमा रथी प्रभुराम शर्मालाई नियुक्त गरेकी छन् ।

नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको ३ वर्षे पदावधि भदौ २४ गतेबाट सकिँदैछ । प्रधानसेनापति थापा अनिवार्य अवकाशमा जाने भएकाले राष्ट्रपतिले शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

प्रधानसेनापति थापा साउन २५ देखि घर बिदामा बस्ने भएकाले ज्येष्ठताका क्रममा रथी प्रभुराम शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ९३० अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को साउन १२ गतेको निर्णयबाट सिफारिस भएका थिए ।

सोही बमोजिम राष्ट्रपतिले शर्मालाई साउन २६ गतेबाट लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिमा तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post