लुम्बिनी प्रदेशका तीन मन्त्री प्रदेशसभा सांसदबाट पदमुक्त

 कोरखबर   १५ सावन, २०७८



साउन १५, बुटवल । लुम्बिनी प्रदेश सरकारका तिन जना बहालवाला मन्त्री सांसद पदबाट पदमुक्त भएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन्। उनिहरु तिनै जना जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद हुन् ।

जनता समाजवादी पार्टी प्रदेश संसदीय दलका नेता सहसराम यादव र प्रमुख सचेतक पुरमती ढेँगा मगर सहित पार्टीका नेताहरू उनिहरूलाई पार्टीले कारबाही गरिएको पत्र बिहीबार प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए ।

प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको निति तथा कार्यक्रम पारित नगर्न पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको थियो। स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार पार्टीले उनीहरूलाई कारबाही गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले बताए।

पदमुक्त गरिएका सांसदहरुलाई जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post