मकवानपुरको एउटै कारागारमा रहेका ३५५ कैदीलाई कोरोना

 रासस   १५ सावन, २०७८



साउन १५, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारमा ठूलो संख्यामा कैदीलाई कोरोना देखिएको छ ।  कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो  ३५५ जनाको पोजेटिभ रिपोर्ट आएको कारागार व्यवस्थापनले जानकारी दिएको छ । 

कारागारका प्रमुख नारायण पाण्डेका अनुसार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा  उनीहरुलाई संक्रमण पुष्टि भएको हो । कोरोना पोजिटिभ देखिएका कैदीलाई कारागारको माथिल्लो तलामा राखिएको पाण्डेले बताए । कोरोना नभएका कैदीलाई तल्लो तलामा राखिएको छ ।  
 
कारागारमा रहेका धेरै कैदीलाई कोरोना खोप कोभिशिल्ड  लगाइएको थियो । खोप लगाएका र नलगाएका दुवै थरीलाई कोरोना देखिएको हो । 

यस कारागारमा रहेका केही कैदीलाई नख्खुमा सार्नका लागि परीक्षण गर्दा ५ जनामा कोरोना देखिएको थियो । त्यसपछि बुधबार र बिहीबार गरी कारागारका अन्य कैदीको पनि एन्टिजेन परीक्षण गरिएको हो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post