गुल्मीमा जीप दुर्घटना, ३ को मृत्यु

 कोरखबर   १३ सावन, २०७८



साउन १३, काठमाडौं । गुल्मीमा यात्रुबाहक जीप दुर्घटना भएको छ । बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा गरी घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । मृतकको सनाखत हुन कसेको छैन ।

जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो । अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post