बलात्कार अभियोगमा महरालाई उच्च अदालतबाट पनि सफाइ

 कोरखबर   १२ सावन, २०७८



१२ श्रावण, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गरेको हो ।

संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा महरामाथि मुद्दा चलेको थियो । महराले जिल्लाबाट सफाइ पाएपछि सरकारी वकिल उच्च अदालतमा गएका थिए ।

बलात्कारको आरोपबा कारण महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई जबरजस्ती करणी उद्योगमा दाबी पुग्न नसक्ने भन्दै फैसला सुनाएको थियो ।

सुरुमा महरालाई आरोप लगाएकी शाहीले जिल्ला अदालतमा उपस्थित भएर महराले बलात्कार नगरेको बयान दिएकी थिइन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post