खग्रेन्द्र संग्रौलालाई साइबर सेना लगाएर मार्ने महेश बस्नेतको धम्की

 कोरखबर   ११ सावन, २०७८



श्रावण ११, काठमाडौं । लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतले आफूलाई मार्ने धम्की दिएको बताउनुभएको छ । महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिएको उहाँले बताउनुभयो ।

सामाजिक सञ्जालमा संग्रौलाले लेख्नुभएको छ, ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ,अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’

उहाँले तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ?  प्रश्न गर्नुभएको छ । ‘यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला। धन्य ओली सर’, संग्रौलाले लेख्नुभएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post