सरकार सञ्चालन सुझाव कार्यदलको बैठक बालुवाटारमा बस्दै

    १० सावन, २०७८



साउन १०, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालनका लागि सुझाव दिन भन्दै गठन गरिएको कार्यदलको बैठक आज (आइतबार) अपराह्न ४ बजे बस्दै छ। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्दै छ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा गठन भएको कार्यदलमा कांग्रेसबाट रमेश लेखक र मिनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट राजेन्द्र श्रेष्ठ सदस्य छन्।

सरकार सञ्चालनका क्रममा सरकारका प्राथमिकताका क्षेत्रमा कार्यदलले सुझाव दिनेछ। न्यूनतम साझा कार्यक्रममा कोभिडलाई पहिलो प्राथमिकतामा राखिएको छ। कोभिडको सम्भावित तेस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि सरकारी तयारीका सन्दर्भमा सुझाव कार्यदलले दिने भएको छ।

ठूला आयोजनाको काम ढिलो हुनुका कारण र आयोजना सम्पन्न गर्न सरकारको पहलकदमीका लागि आवश्यक सुझाव दिने बताइएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post