साउन १०, बैतडी । अपराधसँग जोडिएको मदिरा व्यवस्थापनका लागि सङ्घीयता कार्यान्वयनमा आएपछि बाजुरामा मदिराकार्ड बनाएर जथाभावी मदिरा सेवन हुने परिपाटीलाई व्यवस्थापनको अभ्यास पनि गरियो ।
पूर्वी नेपालमा स्थानीय मदिराको बजारीकरणको चर्चा भइरहँदा बैतडीमा भने मदिराका कारण अपराध बढेको भन्दै पूणर् प्रतिबन्ध लगाइएको छ । बैतडीको सिगास गाउँपालिकाले मदिरा नियन्त्रणको निणर्य गरेपछि स्थानियहरु खुशी भएका छन् ।
मदिरा सेवनबाट विकृति बढेको र अपराधिक गतिविधि नहोस् भनेर पालिकाभित्र बिक्रीमा पूर्ण रोक लगाइएको गाउँपालिका उपाध्यक्ष द्रोपति चन्दले बताए । मदिराका कारण हिंसा बढेको निष्कर्ष निकालिएको र मदिरा सेवनका कारण मानिसहरूको भीरबाट लडेर मृत्यु हुनेक्रम बढेका कारण पनि विक्रीवितरण रोक्नु परेको उहाँको भनाइ छ।
गाउँपालिकाभित्र मदिराको कारोबार नगर्ने निणर्य गाउँसभाबाट गरिएको हो । मदिरा बेचखिनका लागी इजाजत पत्र लिएकालाई खारेज गर्न आग्रह गरिएको गाउँपालिकाका प्रबक्ता राम बहादुर धामीले जानकारी दिनुभयो ।
गाउँपालिकाले ब्यवसायीहलाई आफ्नो इजाजत पत्र सम्बन्धित वडा कार्यालयमा बुझाउन भनेको छ । मदिरा बेचबिखनमा रोक लगाएसँगै निणर्य कायान्वयनका लागि सिगास गाउँपालिकाले समिति पनि बनाएको छ ।
मदिरा बेचबिखन भएको पाइएमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्ने गाउँपालिकाको निर्णय छ । समाजमा अपराधिक गतिविधि बढ्नुमा मदिरा पनि प्रमुख कारक रहेको प्रहरीले गर्ने अनुसन्धान र सार्वजनिक हुने घटनाले देखाउँदै आएका छन् ।